आईपिएलमा दुई नयाँ टिम आज भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा दुई नयाँ टिमले आज खेल्दै छन्।

पहिलो खेलमा लखनउ सुपर जाइन्टस र गुजरात टाइटन्सबिच साँझ ७ः३० मा प्रतिस्पर्धा हुने छ । वान्खडे मैदानमा हुने खेलमा दुवै टीमसँग अनुभवी खेलाडी रहेका छन्। गुजरातका लागि हार्दिक पांड्या तथा लखनउका लागि केएल राहुलले कप्तानी गर्नुहुनेछ ।

यस्तै, ब्याटिङका पिच भएकाले वानखडे मैदानमा १८० एभरेज स्कोरका रुपमा लिने गरिएको छ। इन्डियन प्रिमियर लिगमा २०११ पछि पहिलो पटक ८ टिमको स्थानमा १० टीमलाई सहभागि गराइएको छ।

यसअघि २०११ मा पुर्णे वारियर्स र कोच्चि टस्कर्स केरलालाई सहभागी गराइएको थियो।

Back to top button