ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङमार्फत थप सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल–भारतभित्रका ग्राहकहरुलाई क्यूआर सुविधा दिन पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस) सँग सम्झौता गरेको छ ।

बैंकको मोबाईल बैंकिङ एप प्रयोग गरी भारतमा आफ्ना ग्राहकहरुलाई सामान खरिद गर्दा क्यूआर मार्फत भारतपे, पाइथम, गुगल प्लेलगायतका विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोवार गर्न सकिनेछ ।

उक्त सुविधा प्रदान गर्नको लागि सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकलेको तर्पmतबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले हस्ताक्षर गर्नुभएको हो ।

Back to top button