नेप्सेमा ३० दशमलव ४३ अंकको गिरावट

काठमाडौं । धितोपत्र बजारमा केही दिनदेखि ओरालो यात्रामा रहेको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ।

हिजो ४१ दशमलव ४३ अङ्कले घटेर दुई हजार ५७२ दशमलव २३ मा रोकिएको परिसूचक आज ३० दशमलव ४३ अङ्कले घट्दै दुई हजार ५४१ दशमलव ८३ मा आएको छ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार परिसूचकका साथै कारोबार रकमसमेत घटेको छ। आज २३१ कम्पनीको ४९ लाख ५८ हजार ९१४ कित्ता शेयर रु दुई अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१४ मा खरिद बिक्री भएको नेप्सेले जनाएको छ।

अघिल्लो दिन नेप्सेमा २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर रु चार अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१६ मूल्यमा खरिद बिक्री भएको थियो। नेप्सेका अनुसार अघिल्लो कारोबार दिनका तुलनामा आजको बजार १ दशमलव १८ प्रतिशतले घटेको छ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ दशमलव ३ अङ्कले ओरालो लाग्दै ४७४ दशमलव ०९ मा आएको छ। जुन अघिल्लो कारोबार दिनका तुलनामा १ दशमलव ११ प्रतिशतले घटी हो।

Back to top button