विराटनगर एभरेष्ट कलेजको स्वीमिङ पुल उद्घाटन

विराटनगर । विराटनगर–५ मा रहेको एभरेष्ट कलेजले निर्माण गरेका स्वीमिङ पुलको उद्घाटन गरीएको छ ।

प्याब्सनका निवर्तमान केन्द्रीय अध्यक्ष एवं कलेजका संस्थापन प्रिन्सिपल टिकाराम पुरीले सोमबार एक कार्यक्रमविच रिवन काटेर स्वीमिङ पुलको उद्घाटन गर्नु भएको छ ।

कलेजमा रहेको दुईवटा स्वीमिङ पुल मध्ये एयटा स्वीमिङ पुल अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको प्रिन्सिपल पुरीले बताउनु भयो । अर्को भने बच्चाहरुको अनुकुल अनुसार निर्माण गरिएको उहाँले बताउनु भयो ।

अन्तर्राष्ट्रिय मापदण्डको भने १५ बाइ २५ को रहेको छ भने बच्चाले खेल्लने स्वीमिङ पुल भने १५ बाई १२ को रहेको छ ।

स्वीमिङ पुल र अत्याधुनिक सुविधा सम्पन्न चेन्जिङ रुम लगायत गेष्ट हाउस निर्माण गर्न करिव २ करोड ५० लाख खर्च भएको बिद्यालय प्रशासनले जनाएको छ । स्वीमिङ पुल बनेपछि विराटनगरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूतियोगि गर्न सकिने प्रिन्सिपल पुरीले बताउनु भयो ।
कलेजमा स्वीमिङ पुलबाहेक अत्याधुकि सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको बास्केट बल कोर्ट, इन्डोर कवर्ड हल र प्mुटबल मैदान रहेको छ ।

Back to top button