एमाले १५ नं वडा कार्यालयको उद्घाटन

विराटनगर । नेकपा एमालेको वडा नं १५ को कार्यालय तथा प्रदेशसभा ५(ख)को सम्पर्क कार्यालय उद्घाटन गरीएको छ ।

विराटनगरको मिल्स एरिया, हडताली हाटमा आयोजित एक कार्यक्रमको बीचमा एमाले केन्द्रिय सदस्य तथा मोरंग जिल्ला इन्चार्ज बिनोद ढकालले वडा पार्टी कार्यालयको उद्घाटन गर्नु भएको छ ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ४० जना भन्दा बढी युवा एमालेमा प्रबेश गरेका छन ।

नेकपा एमाले जिल्ला सदस्य धर्मानन्द संजेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा केन्द्रिय सदस्य बिनोद ढकाल , रामलाल साह , प्रदेश कमिटि सदस्य राजेश सुब्बा , बिक्रम तिवारी , योगेन्द्र मण्डल लगायत एमालेको बिभन्न कमिटिको नेता(कार्यकर्ताको उपस्तिथी रहेको थियो।

कार्यक्रमको संचालन वडा कमिटिको अध्यक्ष उमेश गुरुङले गर्नु भएको थियो ।

Back to top button