बेलबारीमा दलित सांस्कृतिक संग्राहलय निर्माण

विराटनगर । लोपोन्मुख अवस्थामा पुगेका विभिन्न जातजातीले प्रयोग गर्ने सामाग्रीको संरक्षण गर्ने उद्देश्यले मोरङको बेलबारीमा दलित सांस्कृतिक संग्राहलय निर्माण गरिएको छ ।

संग्राहलयमा दलित समुदायले प्रयोग गर्ने परम्परागत सामाग्रीहरू राखिएको छ ।

दमार्इ, कामी, सार्की, मुसर, सुनारे जातीहरूले आफ्नो जिविको पार्जन गर्नका लागि प्रयोग गर्ने घरायसी सामाग्रीहरू संग्रहालयमा राखिएको छ ।

संग्रहालयमा जुत्ता बनाउने फर्मादेखि पन्चे बाजाका सेटसम्म राखिएको छ ।

दमाईं जातीले प्रयोग गर्ने दमाहा, बाउतल, नरसिङ्गा, कर्नाल, ढलाक, ट्याम्को, सनाई, हाते पुरानो मेसिन कोतार्ने (कैँची) कामी जातिको आरन चलाउने भाटा, लिई, हम्मर सनासो राखिएको दलित उत्थान वर्ग समिति बेलबारीका अध्यक्ष हरि विश्वकर्माले बताउनुभयो ।

उउहाँकाका अनुसार सुनारे जातिका विभिन्न कलात्मक मेसिनहरू राखिएको छ ।

डुम जातीले प्रयोग गर्ने हाते पङ्खा, जाली, मुङ्ग्रो लगायतका सामाग्री राखिएका छन् । सार्की जातीले प्रयोग गर्ने, छाला सिलाउने मेसिन, छुरा, जुता बनाउने फर्मा राखिएको छ ।

समयको परिवर्तनसँगै पूराना पूराना सामाग्रीहरू लोप हुने अवस्था आएकोले तिनीहरूको संरक्षणमा ध्यान दिएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुबेदीले बताउनुभयो ।

‘हामी नेपालीको पहिचानसँग जोडिएको नौमती बाजा समेत पछिल्लो पुस्ताले चिन्न छाडे,’ उहाँले भन्नुभयो,‘यस्ता वस्तुहरूको संरक्षण नगरे हाम्रो पहिचान पनि मेटिँदै जान्छ ।’

संग्रहालय ७५ लाख ४८ हजार लगानीमा निर्माण गरिएको हो ।

बेलबारी बेलबारी नगरपालिकाको ७० लाख ४८ हजार र बजेट अपुग भएपछि अध्यक्ष र कोषाध्यक्षको ५ लाख लागतमा संग्रहालय निर्माण गरिएको दलित उत्थान वर्ग समिति बेलबारीका कोषाध्यक्ष राजन गोर्खालीले बताउनुभयो ।

Back to top button