
विराटनगर । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा प्रहरी प्रधान कार्यालयले छ प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ ।
वाग्मती प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखाका एसपी रामेश्वरप्रसाद यादवलाई सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयमा खटाइएको छ ।
सिन्धुपाल्चोक प्रहरीका एसपी राजन अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, काठमाडौँ उपत्यका प्रहरी कार्यालय शान्ति–सुरक्षा महाशाखाका शान्तिराज कोइरालालाई मोरङमा खटाइएको छ । मोरङका एसपी जनार्दन जिसीलाई भने काठमाडौँ रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालय खटाइएको छ ।
गण्डकी प्रदेश प्रहरी गण मुख्यालयका ऋषिराम कँडेललाई पश्चिम नवलपरासी तथा पश्चिम नवलपरासीका मनोजकुमार यादवलाई गण्डकी प्रदेश प्रहरी गण मुख्यालय खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।