बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

बझाङ । बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजुलाई बझाङ प्रहरीले पक्राउ गरेको छ।

२२ वर्षीया भाई बुहारीलाई बलात्कार गरेको आरोपमा ४२ वर्षीय जेठाजुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चैत १२ गते बेलुकी बुहारीको कोठा प्रवेश गरी हात र मुख च्यापी जवरजस्ती करणी गरेको भनि पीडितले चैत १३ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएपछि आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताउनु भयो।

पीडितको १३ गते नै स्वास्थ परीक्षण गरी युवतीलाई हिंसा प्रभावितको क्षेत्रमा काम गरिराखेको महिला सुरक्षित आवास गृह सेभ हाउसमा जिम्मा लगाइएको र आरोपीविरुद्ध मुद्धा चलाएको प्रहरीले जनाएको छ।

Back to top button