इटहरीमा गएराति बम बिस्फोट, दुईजना घाइते

सुनसरी । सुनसरीको इटहरीमा गएराति सुतली बम बिस्फोट भएको छ।

इटहरी–२ को नवजागृति टोलमा सुतली बम बिस्फोट हुँदा दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार इटहरी–२ नवजागृति टोलमा रहेको अमित श्रेष्ठको घरमा बिस्फोट भएको हो ।

श्रेष्ठको घरमा डेरा गरी बस्ने २२ वर्षीय २२ वर्षीय रबिन थापा र लमजुङ ५ ढोडेनीका २३ वर्षीया शेरजंग गुरुङ घाइते हुनुभएको छ । गएराति करिब साढे १० बिस्फोटक पदार्थ बिस्फोट भएको हो। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Back to top button