एमाले अध्यक्ष ओलीद्वारा सबैभन्दा अग्लो ‘भ्यू टावर’ को उद्घाटन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको धरहरा पछिको सबैभन्दा ठूलो भनिएको भ्यू –टावरको उद्घाटन गर्नुभएको छ ।

उहाँले आज तिलोत्तमा नगरपालिका–२ स्थित बनवाटिकामा निर्माण गरिएको १ सय ३४ फिट अग्लो १० तले भ्यू- टावरको उद्घाटन गर्नुभएको हो ।

लिफ्टसहितको सुविधा भएको भ्यू–टावरभित्र रेष्टुरेन्ट, विश्रामस्थल, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, शौचालय, वातानुकूलित कार्यालयसहितको सुविधा सम्पन्न रहेको नगरपालिकाले जनाएको छ । त्यस भ्यू–टावरवाट भारतको गोरखपुरसम्म देख्न सकिने छ ।

Back to top button