नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता, रामायण सर्किट अघि बढाउने सहमति

काठमाडौं । नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच कोलम्बोमा भेटवार्ता भएको छ। बिमस्टेक सम्मेलनमा भाग लिन जानुभएका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको हो।

बिमस्टेक मन्त्रीस्तरीय बैठकमा नेपालका परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्न पाउँदा खुसी लागेको भारतीय मन्त्री एस जयशंकरले बताउनुभएको छ ।

उहाँले ट्वीटरमा लेख्नुभएको छ , ‘कनेक्टिभिटी, ऊर्जा, मल, स्वास्थ्य र ऊर्जामा हाम्रो सहयोगबारे छलफल भयो। रामायण सर्किटलाई अगाडि बढाउने विषयमा केन्द्रित हुने सहमति भएको छ।’

भेटवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको बिषयमा पनि छलफल भएको परराष्ट्रमन्त्रालयले जनाएको छ। प्रधानमन्त्री देउवा चैत १८ देखि २० गतेसम्म भारत भ्रमणमा जाँदैहुनुहुन्छ ।

Back to top button