हतियार बुझाउन मोरङ प्रशासनको अनुरोध

विराटनगर । आसन्न स्थानीय निर्वाचन – २०७९ लाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले हतियार बुझाउन आग्रह गरेको छ ।

निर्वाचनलाई शान्ति पूर्वक सम्पन्न गराउन मोरङ प्रशासनले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी इकाईमा बुझाउन अनुरोध गरेको हो ।

मोरङको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले एक सूचना जारी गर्दै २०७८ साल चैत मसान्तसम्ममा व्यक्तिसँग भएको इजाजत प्राप्त हात–हतियार चुनावपछि फिर्ता हुने गरि बुझाउन आग्रह गर्नुभएको छ ।

यस्तै जारी सूचनामा उक्त हतियारको लगत जिल्ला प्रहरी कार्यालयमा राख्ने जानकारी गराइएको छ । चैत मसान्त सम्ममा हतियार नबुझाए कानुन बमोजिम हुने समेत सूचनामा प्रकाशित गरिएको छ।

Back to top button