
काठमाडौं । हिजो बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
बैठकले दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सर्लाही बलरा नगरपालिका ३ का संजिव झालाई नियुक्त गर्ने निर्णय गरेको छ।
त्यस्तै राष्ट्रिय भूमि आयोगको सदस्यमा तानसेन–४ पाल्पाका भैरवराज रेग्मी र नापी विभागका उपमहानिर्देशक करुणा केसीलाई तोक्ने निर्णय बैठकले गरेको प्रवक्ता कार्कीले बताउनुभएको छ ।