अन्तर–स्कुल कराँते प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा आउँदो वैशाखमा मोरङ स्तरीय अन्तर–स्कुल कराँते प्रतियोगित हुने भएको छ ।

नयाँ वर्षको अवसरमा पारेर वैशाख १५ गतेदेखि मोरङ स्तरीय अन्तर–स्कुल कराँते प्रतियोगित हुने भएको हो । मोरङ जिल्लाका ४२ वटा निजि तथा सरकारी स्कुलबाट करिव २ सय ५० छात्रा तथा छात्र खेलाडी सहभागीता हुने अन्तर्राष्ट्रिय कराँते प्रशिक्षक विमल पोखरेललेले बताउनुभयो ।

प्रतियोगिताको व्यवस्थापनमा उर्वान स्पोट्र्सका सदस्य द्धोय दिपिका कोईराला र अनिता देवले गर्ने जनाइएको छ । खेलाडीलाइ उचित पुरस्कार र खाजा नास्ताको व्यवस्था गरिने र खेलाडीको ईन्ट्री फि नलाग्ने प्रशिक्षक पोखरेलले बताउनु भयो ।

Back to top button