नेपालसँग मलेसिया ६ विकेटले पराजित

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० क्रिकेटमा मलेसिया नेपालसँग ६ विकेटले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो।

मलेसियाले दिएको १ सय १५ रनको सामान्य लक्ष्य नेपालले १३ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। नेपालका आसिफ शेखले ५७ रनको अर्धशतकीय पारी खेल्नुभयो । ३८ बल खेल्नुभएका उहाँले ७ चौका र एक छक्का प्रहार गर्नुभयो ।

दीपेन्द्रसिंह ऐरी २१, रोहित पौडेल १२ र कुशल भुर्तेल एक रनमा आउट हुँदा दिलिप नाथ १५ र कुशल मल्ल २ रनमा अविजित रहनुभयो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १४ रन बनाएको हो ।

उसका लागि जुबाईदी जुल्किफलले सर्वाधिक ३२, कप्तान अहमद फैजले सर्वाधिक २४, मुहम्मद अमिरले १६ र सायद अजिजले १४ रन बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सक्नुभएन ।

नेपालका करण केसी र सन्दीप लामिछानेले समान २/२, अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक÷एक विकेट लिनुभयो । पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको थियो। नेपालले मलेसियाविरुद्ध अर्को खेल आगामी शनिबार खेल्नेछ।

Back to top button