म्याङ्लुङका मेयरले फिर्ता गरे सरकारी गाडी

विराटनगर । स्थानियतहको निर्वाचन नजिकिँदै गइरहेको बेला तेह्रथुमको म्याङ्लुङ नगरपालिकाका नगर प्रमुखले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गर्नुभएको छ ।

नगर प्रमुख संजयकुमार तुम्वाहाङफेले को १ झ ५८३ नम्बरको सरकारी गाडी प्रमुख प्रशासकीय अधिकृत गिरिराज भट्टराई,लेखाधिकृत गोपालकृष्ण लिम्बू र इन्जिनियर उमेश शाहलाई फिर्ता गर्नुभएको हो ।

स्थानीय निर्वाचन २०७९ को आचारसंहितालाई मध्यनजर गर्दै गाडी फिर्ता गरेको मेयर तुम्वाहाङफेले बताउनुभयो । आचार संहिता भने यही चैत्र २६ गते देखी लाग्दै छ । चुनावको समयमा सकारी सम्पत्तिको दुरुपयोग नहोस् भनेर फिर्ता गरिएको उहाँको भनाई रहेको छ ।

नगरका काम भन्दा बडी अब चुनावी अभियानमा खट्नु पर्छ, उहाँले भन्नुभयोे जनताले तिरेको करको दुरुपयोग नहोस् भन्ने लागेर फिर्ता गरेको हुँ । अब चुनाव भरी भाडाको गाडी प्रयोग गर्ने उहाँले बताउनुभयो

। उहाँ गत चुनावमा नेकपा एमाले बाट निर्वाचित हुनुभएको थियो । वैशाख ३० गते हुने चुनावमा पनि मेयरमा आफ्नो दाबी रहेको उहाँले बताउनुभयो ।

Back to top button