
काठमाडौं । आगामी बजेटमा समेट्नुपर्ने मुख्य योजना सात दिनभित्र पेस गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।
आव २०७९/८० को बजेट निर्माण प्रक्रिया अगाडि बढाएको अर्थ मन्त्रालयले बुधबार अन्य मन्त्रालयलाई उक्त निर्देशन दिएको हो ।
मन्त्रालयमा आयोजित सबै मन्त्रालयका सचिव र नेपाली सेनासँगको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले सङ्घीयताको मर्मअनुसार सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकार प्रयोग गर्नेगरी कस्तो योजना र नीति बनाउने भन्नेबारेमा सात दिनभित्र योजना र कार्यक्रम पेस गर्न निर्देशन दिनुभएको छ ।
उहाँले प्रदेश र स्थानीय तहले निर्माण गर्न सक्ने टुक्रे योजनासमेत सङ्घीय बजेटमा राख्ने र काम नगर्ने प्रवृत्ति देखिएको भन्दै संविधानले निर्दिष्ट गरेको व्यवस्थाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहले कार्यक्रम र बजेट कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
ुके गर्दा स्रोतसाधनको थप उपयोगिता बढाउन सकिन्छ, सङ्घीयताको मर्मअनुसार बजेटमा के कस्तो नीति बनाउन सकिन्छ भन्नेबारे मन्त्रालयले कार्ययोजना मलाई सात दिनभित्र दिनुहोस्,ु उहाँले भन्नुभयो ।