
काठमाडौं । असार १ गतेको मेलम्ची बाढीले बस्ती जोखिम र नदीको सतह बढेपछि मेलम्ची नगरपालिकाले नदी गहर्याउने काम थालेको छ ।
सङ्घीय र प्रदेश सरकारलाई बजेट उपलब्ध गराउन पटक पटक गरेको आग्रहको सुनुवाइ नभएपछि नगरपालिकाले आफ्नै बजेटमा नदी नियन्त्रण र क्षति न्यूनीकरणका काम थालेको हो ।
मेलम्ची बाढीले उकासिएको नदीको सतहलाई गहिर्याउन मेलम्ची नगरपालिकाको दुई करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरी काम थालेको नगरप्रमुख डम्बर अर्यालले जानकारी दिनभयो ।
मेलम्ची नगर र हेलम्बु गाउँपालिकाको सीमाना तालामाराङदेखि डुढेखोलासम्म नदी गहिर्याउन थालिएको छ । नदीले कटान गरेको आवश्यक स्थानमा संरक्षण पर्खाल लगाउन थालिएको छ ।
विज्ञहरूको सुझावका आधारमा वर्षा लाग्नु पूर्व नै बाढीबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न नदी गहिर्याउन थालेको नगरप्रमुख अर्यालले बताउनुभयो ।
गत असार १ र त्यसपछिको मेलम्ची बाढीले स्थानीयको जग्गा कटान र तीन सयभन्दा बढी घर बगाएको थियो