
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेको निर्वाचन प्रणालीमा गठबन्धन आवश्यक रहेको बताउनुभएको छ ।
रिपोर्टस क्लब नेपालको २४ औँ वाार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले मिश्रित निर्वाचन प्रणालीमा एक दलको बहुमत आउने अवस्था कम रहने भएकाले गठबन्धन आवश्यक बताउनुभयो । ‘गठबन्धन मूल्य र मान्यतामा आधारित हुनुपर्छ ।
विचार र सिद्धान्तमा आधारित हुनुपर्छ,’नेम्वाङले भन्नुभयो,‘यि सबै कुरालाई ध्यानमा राखेर संसदीय मुल्य र मान्यतामा आधारित लोकतान्त्रिक मुल्यमान्यता अनुरुप त्यस्ता गठबन्धन हुनुपर्छ ।’
वर्तमान सत्तारूढ गठबन्धनप्रति सांकेतिक रूपमा टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘त्यो (सत्तारूढ गठबन्धन) भएको छ कि छैन त्यतातर्फ म टिप्पणी गर्न चाहन्न । यत्ति भन्छु, ढंग पुगेन भने मित्रहरूले दुःख पाउनुहुन्छ’ उहाँले भन्नुभयो ।