त्रिकोणात्मक टी–२० सिरिज: टस हारेर ब्याटिङमा नेपाल

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले आफ्नो तेस्रो खेल पपुवा न्युगिनी (पिएनजी) विरुद्ध खेल्दैछ। कीर्तिपुरस्थित टियु ग्राउण्डमा हुन लागेको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ।

यसअघिका दुवै खेलमा विजय भएको नेपाल तेस्रो खेलमा पनि जित निकाल्दै आफ्नो अभिजित यात्रा कायम गर्ने लक्ष्यमा हुनेछ भने पिएनजी प्रतियोगितामा आफ्नो पहिलो जितको खोजीमा छ।

यस्तै डबल राउण्ड रोविनको नियममा खेलाइएको प्रतियोगितामा पहिलो राउण्डका सबै खेल सकिएका छन्। पहिलो राउण्ड सकिँदा नेपाल चार अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ।

दुवै खेलमा पराजित भएको पिएनजी तेस्रो स्थानमा छ भने एक खेलमा जित र एकमा हार व्यहोरेको मलेसिया दोस्रो स्थानमा रहेको छ।

Back to top button