आफ्नो न्वारानको नामसँग जोडिएर अभिनेत्री करिश्मा मानन्धरको प्रतिकृया

काठमाडौं । भर्खरै नेकपा एमालेमा प्रवेश गर्नुभएकी अभिनेत्री करिश्मा मानन्धरले आफ्नो न्वारनको नाम थाहा पाएपछि धेरैलाई पोलेको बताउनुभएको छ ।

उहाँले आज सामाजिक सञ्जाल फेसबुकमा दुईवटा स्टाटस हाल्दै यस्तो बताउनुभएको हो । फेसबुकमा एमाले अध्यक्ष केपी ओलीको समेत फोटो राख्दै उहाँले आफ्नो नाम थाहा पाएर धेरैलाई पोलेको उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ,‘सूर्य कुमारी, मेरो न्वारनको नाम थाहा पाउदा धेरैलाई पोल्यो, भिटामिन ‘डी’ प्राप्त भयो। राम्रो हो।’

यो स्टाटस हालेको तीन घण्टा बित्न नपाउँदै उहाँले अर्को स्टाटस नामसँगै जोडिएर लेख्नुभएको छ । ‘मलाइ मेरो नामसँग लाज थियो !! नेपालको राजनीतिक परिस्थितिसंग लाज थियो!! तर आज बेला आएको छ । परिवर्तन सम्भव छ ।’ एमाले प्रवेश गरेसँगै उहाँको न्वारानको नामको चर्चा भएपछि उहाँले यस्तो प्रतिकृया दिनुभएको हो ।

Back to top button