नेपाल भित्रिए टाइफाइड र कोरोनाविरुद्धका खोप

काठमाडौं । टाइफाइडविरुद्धको ​२ लाख भाइल खोप आज काठमाडौं आईपुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कतार एयरवेजमार्फत २ लाख भाइल खोप आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले बताउनुभयो ।

युनिसेफ–गाभी फण्डअन्तर्गत आएको उक्त खोपको ३ लाख ९९ हजार ९ सय ८४ भाइल आज बेलुकी आउने उहाँले बताउनुभयो।

सरकारले ५ वर्षदेखि १५ वर्ष मुनिका बालबालिकालाई चैत २५ गतेदेखि ०७९ वैशाख १८ गतेसम्म टाइफाइडविरुद्ध खोप अभियान सञ्चालन गर्न तालिका नै तयार पारिसकेको छ। अभियान सञ्चालनका लागि खोप आइरहेको उहाँले बताउनुभयो।

यस्तै कोभ्याक्स सुविधाअन्तर्गत आजै कोरोनाविरुद्ध १ लाख २२ हजार ८ सय ५० भाइल फाइजर खोपसमेत आएको उहाँले बताउनुभयो।

Back to top button