
काठमाडौं । तेज गतिका बलर करण केसीले अन्तर्राष्ट्रिय टि–२० क्रिकेटमा ५० विकेट पूरा गर्नुभएको छ ।
उहाँले त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक श्रृखंला अन्तर्गत पिएनजीविरुद्धको खेलमा ५० विकेट पूरा गर्नुभएको हो ।
उहाँले लेगा साइका र कप्तान असद भालालाई समान एक–एक रनमा आउट पार्नुभयो ।
यस्तै करणले पहिलो ओभरकै चौथो बलमा सिएकालाई आसिफ शेखबाट क्याच गराउँदै करियरको ५० औं टि–२० अन्तर्राष्ट्रिय विकेट लिनुभएको हो ।
उहाँले ३६ खेलबाट यो उपलब्धी हाँसिल गर्नुभयो। उहाँ नेपालबाट अन्तर्राष्ट्रिय टि–२० मा ५० विकेट लिने दोस्रो बलर हो ।
यसअघि कप्तान सन्दीप लामिछानेले ५० विकेट लिसक्नुभएको थियो ।