
झापा । झापाको बिर्तामोडमा रहेको एउटा कपडा पसलमा छापा मारेपछि व्यापारीले आज पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
सुनसरीको इटहरीमा रहेको राजश्व अनुसन्धान कार्यालयले आज बिर्तामोड स्थित साह कपडा पसलमा छापा मारेको थियो। पसलमा बच्चा मात्र रहेको अवस्थामा कार्यालयले छापा मारेर पसल शिलबन्दी गरेको भन्दै बिर्तामोड उद्योग वाणिज्य संघको नेतृत्वमा सडक अवरुद्ध गरेको संघका महासचिव अर्जुनकुमार मैनालीले बताउनुभयो ।
पसलमा ठूला मान्छे नभएको बेलामा राजश्व कार्यालयको पसल शिलबन्दी गर्ने काम अन्यायपूर्ण भएको उनीहरुको भनाई छ । बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा प्रवक्ता सन्जिव घिमिरेले वाणिज्य संघकै नेतृत्वमा छापाविरुद्ध आन्दोलन उत्रनुपरेको बताउनुभयो ।
राजश्व अनुसन्धान कार्यालयले राजश्व छलीको विषय हेर्ने र अदालतमा मुद्दा दायर गर्ने आन्तरिक राजश्व विभागका अधिकारीहरूले जनाएका छन्।