
सप्तरी । म्यादी प्रहरीमा लगाइदिने भन्दै रकम ठगी गरेको आरोपमा सप्तरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महादेवा गाउँपालिका–२ का २३ वर्षीय अरबिन्दकुमार मण्डल रहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभएको छ ।
स्थानीय तह निर्वाचन–२०७९ का लागि म्यादी प्रहरीमा भर्नाका लागि दरखास्त फारम भरिसकेका विभिन्न व्यक्तिलाई भर्ना गराइदिन्छु भन्दै प्रलोभनमा पारेर रकम लिने गरेको उजुरी आएपछि मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मण्डलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।