
विराटनगर । एसएस राजामौली निर्देशित फिल्म आरआरआरले कीर्तिमानी कमाइ गरेको छ। यो फिल्मले भारतमा मात्रै १ सय २० करोड बढी कमाइ गरेको छ भने विश्वभरि ६०० करोड बढी कमाइ गरेको छ।
आरआरआरले बाहुबलीको कमाइलाई समेत उछिनेको विभिन्न भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कोरोना महामारीपछि छोटो समयमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्म समेत बनेको बलिउड बिश्लेषक तरण आदर्शले जनाउनुभएको छ ।
उहाँका अनुसार भारतमा यो फिल्मले पहिलो दिन २० करोड, दोस्रो दिन २४ करोड, तेस्रो दिन साढे ३१ करोड, चौथो दिन १७ करोड, पाँचौ दिन १५ करोड र छैटौं दिन १३ करोड कमाएको छ ।
अर्का ब्यापार बिश्लेषक मनोबाला विजयाबालनका अनुसार यो फिल्मले विश्वभरी ६ सय ७२ करोड कमाइ गरेको छ। जसमा पहिलो दिन २ सय ५७ करोड, दोस्रो दिन १ सय १४, तेस्रो दिन १ सय १८, चौथो दिन ७२, पाँचौं दिन ५८ र छैटौं दिन ५० करोड कमाइ गरेको छ।
बाहुबली भाग १ ले ६ सय ५० करोडको व्यापार गर्दा बाहुबलीको दोस्रो भागले १८ सय करोड बढी व्यापार गरेको थियो।