
विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उडान मन्त्री प्रेम आलेले गठबन्धन बाहेकका दलको अवस्था चुनाव पछि हेर्न नसकिने हुने बताउनुभएको छ ।
उहाँले एमाले प्रति संकेत गर्दै निर्वाचनपछि ठुलाकुरा गर्ने दलका नेताको नै अवस्था हेर्न नसकिने हुने बताउनुभएको हो । आज विराटनगर विमानस्थलमा सञ्चार कर्मीहरू सँग कुराकानी गर्दै मन्त्री आलेले नेपाली कांग्रेसले स्थानियतहको चुनावमा गठबन्धन गर्ने भनेर गरेको निर्णयले उत्साह थपेको समेत बताउनुभयो ।
केही दिन अघि मात्रै कांग्रेस केन्द्रीय समितिको बैठकले आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको थियो । नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काको संयोजक्तोमा कार्यदल बनेकाले चाडै नै कार्यदलले खाका तयार गर्ने समेत बताउनुभयो । सहमतिका आधारमा गठबन्धन दलहरू बिच भागबन्डा हुने समेत उहाँले बताउनुभयो ।
मन्त्री आलेले विराटनगर विमानस्थललाई अन्ताराष्ट्रिय स्तरको बनाउनका लागि बजेटको व्यवस्थापन भइरहेको समेत बताउनुभयो । ‘जग्गा मुआब्जाका लागि मात्रै १६ अर्ब लाग्ने रहेछ,‘उहाँले भन्नुभयो निर्माणका लागि पनि थप बजेट चाहियो अहिले नै राज्यसँग सामथ्र्य नभए पनि बजेटको व्यवस्थापन गर्ने काम भने भइरहेको छ ।’
उहाँले विराटनगर बाहिर पनि विमानस्थल बनाउनका लागि पहल भइरहेको समेत बताउनुभयो । विराटनगर विमानस्थलमा सर्वसाधारणका लागि शौचालयमा जान सक्ने अवस्थानै नरहेको र मन्त्री स्तरीय बैठक बाट बजेट व्यवस्थापन गरेको समेत उहाँले बताउनुभयो ।
भिआइपीका लागि मात्रै शौचालय राम्रो राख्ने सर्वसाधारणले प्रयोग गर्नेमा चाहिँ पस्न नै नसक्ने खालको भएकाले त्यसमा पहिलो ध्यान दिएको समेत उहाँले बताउनुभयो । टर्मिनल बिल्डिङलाई एक्सटेन्सन गर्ने भनेर समेत बजेट विनियोजन भएर टेन्डर आव्हान भएको समेत उहाँले बताउनुभयो ।
विराटनगर विमानस्थलमा यात्रुले भोग्नु परेको समस्या बुझेर लगेज बनाउनका लागि समेत बजेटको व्यवस्थापन गरेको उहाँको भनाई रहेको छ । ‘झोला लिनका लागि मात्रै यात्रुले घन्टौँ सम्म पर्खनु पथ्र्याे,’ उहाँले भन्नुभयोे,‘स्थानीय नेताहरूले पनि दबाब दिएका कारण लगेज बनाउनका लागि पनि बजेटको व्यवस्थापन गरेका छौँ ।’उहाँले विराटनगर लुक्ला उडान चाडै हुने समेत बताउनुभयो ।