
काठमाडौं । नेपाली बजारमा आज सुन तोलामा ८ सयले बढेको छ।
हिजो ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ८ सय रुपैयाँले बढेर ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।