![](https://koshisandesh.com/wp-content/uploads/2022/03/UML-3.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2022/03/UML-3.jpg)
काठमाडौं । नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि सार्वजनिक रूपमा सल्लाह र सुझाव माग गरेको छ ।
पार्टीले बनाउन लागेको स्थानीय तह निर्वाचन प्रतिबद्धतापत्रका लागि एमालेले सुझाव माग गरेको हो ।
एमालेले अहिले प्रतिबद्धता पत्र निर्माण गरिरहेको छ । यसका लागि महत्वपूर्ण सल्लाह र सुझावहरू भएको खण्डमा पेस गर्न सार्वजनिक अपिल गरेको हो ।
यस्तै एमालेले partyhq@cpnuml.org मेलमा आफ्नो सुझाव दिन सकिने जनाएको छ । प्रतिबद्धता पत्र निर्माण गरिरहेको एमालेले १६ चैतमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग भर्चुअल संवाद गरेको थियो।