आज बाट अगैयामा र्‍याफ्टिङ शुरु

नेपालगञ्ज । राप्ती नदीमा आज बाट साहसिक जल यात्रा (र्‍याफ्टिङ) शुरु गरिएको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. १ कुसुम बैरियादेखि अगैयासम्म र्‍याफ्टिङ शुरु गरिएको हो ।

लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले एक समारोहका बीच र्‍याफ्टिङको उद्घाटन गर्नुभयो ।

सो अवसरमा मन्त्री चौधरीले र्‍याफ्टिङले बाह्य तथा आन्तरिक पर्यटक प्रवद्र्धन गर्न र्‍याफ्टिङले ठूलो सघाउ पुर्‍याउने बताउनुभयो ।

साहसिक जलयात्राको दुरी करिव २७ किलोमिटर रहेको छ । राप्तीसोनारी गाउँपालिकासँगको सहकार्यमा पर्यटन डिभिजन कार्यालय, बाँकेले र्‍याफ्टिङ सञ्चालनमा ल्याएको हो ।

त्यस अवसरमा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, पर्यटन डिभिजन कार्यालय, बाँकेका प्रमुख माधव ज्ञवाली, प्रदेश योजना आयोगका सदस्य डा. दामोदर भुसाल, पर्यटनकर्मी गेहेन्द्रकुमार खड्कालगायतले जलयात्रा गर्नुभएको थियो ।

Back to top button