प्रधानमन्त्रीले गर्ने काम गृहमन्त्रीले सम्हाल्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएपछि उहाँको जिम्मेवारी गृह मन्त्री बालकृष्ण खाँणले सम्हाल्ने हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृहमन्त्री खाँणले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ।

नेपालको संविधानअनुसार प्रधानमन्त्री देउवाको सिफारिसमा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी मन्त्री खाँणलाई राष्ट्रपति भण्डारीले तोक्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तीन दिने औपचारिक भ्रमणमा जानुभएका प्रधानमन्त्री देउवा आउदो आइतबार साँझ फर्किनुहुनेछ ।

Back to top button