
काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले तीनजना व्यक्तिलाई पक्राउ गरेको छ। ललितपुरमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–४ ईमाडोल ग्रिनहिल सिटी बस्ने कञ्चनपुर भीमदत्त नगरपालिका–४ घर भएका ३८ वर्षीय सुशिल चटौतलाई हिजो दिउँसो प्रहरीले पक्राउ गरेको हो।
चटौतले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस्तै, पाल्पामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तिनाउ गाउँपालिका–१ कचल बस्ने ४८ वर्षीय कोशलबहादुर हिस्किलाई हिजो राति प्रहरीले पक्राउ गरेको छ। कोशल बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस्तै, तनहुँमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका–३ कालामाटा बस्ने लमजुङ दुधपोखरी गाउँपालिका–६ घर भएका २१ वर्षीय सनिल मगरलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ। मगरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तुरतुरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ गरेकाहरूलाई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।