पाल्पामा जिप दुर्घटना हुँदा ११ जना घाइते

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–४ रानीठाँटीमा आज बिहान जिप दुर्घटना हुँदा चालक सहित ११ जना घाइते भएका छन्।

घाइते सबैलाई उपचारको लागि पाल्पाकै प्रभाष स्थित लुम्बिनी मेडिकल कलेज पठाइएको थियो। घाइतेमध्ये भारत घर भएका २४ बर्षीय दिनबन्धु तिवारीको अवस्था गम्भीर रहेको र अन्य सामान्य उपचार पश्चात घर फर्किसकेको प्रहरीले जनाएको छ।

यस्तै,सदैवाबाट बुटवल तर्फ जाँदै गरेको लु २ च १३०२ नम्बरको जिप बिहान सडकबाट अन्दाजी तीन मिटर तल खसेको थियो।

Back to top button