इटहरी उपमहानगर–१९ वडा कार्यालय उद्घाटन

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्वर १९ को कार्यालय भवन उद्घाटन गरिएको छ ।

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले नवनिर्मित दुईतले भवनको उद्घाटन गर्नुभएको हो । उहाँले आफूहरुको कार्यकालमा भौतिक पूर्वाधार निर्माण तर्फ उल्लेख्य काम भएको वताउनुभयो ।

उपप्रमुख लक्ष्मी गौतमले इटहरी इटहरीमा पाँच वर्षको अवधिमा दुईसय किलोमिटर कालोपत्रे सडक निर्माण गरिएको जानकारी दिनुभयो । यसैगरी ६५ किलोमिटर ब्लक ओछयाएर सडक बनाइएको बताउनुभयो ।

Back to top button