मिल्स गोल्ड कपको उपाधि गोल बजारलाई 

विराटनगर।  दोस्रो संस्करणको मिल्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि गोल बजारको प्रतिभा फुटबल क्लब सिराहाले जितेको छ ।
विराटनगरस्थित जुट मिलको खेलमैदानमा शुक्रवार सम्पन्न फाइनलमा साइनो स्पोर्ट्स क्लब रानी विराटनगरलाई २–१. गोलले हराउँदै गोल बजारले मिल्स गोल्ड कपको उपाधि जितेको हो ।
जितसँगै गोल बजारले नगद २ लाख १ हजार रुपैयाँको साथै ट्रफि प्राप्त गरेको छ । उपविजेता बनेको साइनोले  नगद १ लाख १ हजार रुपैयाँमा चित्त बुझायो ।
खेल सुरु भएको ८ औँ मिनेटमा गोल बजारका विदेशी खेलाडी अलिले गोल गरी टिम ललाई अग्रता दिलाउनुभएको थियो । उहाँले मध्य भागबाट गरेको प्रहार गोलमा परिणत भयो । पहिलो गोल भएपछि दबाबमा परेको सनाइनोका विदेशी खेलाडी फुफनाले १४ औँ मिनेटमा गरेको प्रहार गोल बजारका किपर निश्चल श्रेष्ठले गोल हुन बाट जोगाउनु भएको थियो । 
 खेलको ३५ औँ मिनेटमा गोल बजारका कुलदेव कार्कीले प्रहार गरेको फ्रिकिक साइनोका गोलकिपर एन्जल श्रेष्ठले बचाउनु भएको थियो ।   साइनकोका फुफनाले ३९ औँ मिनेटमा करिब ३० यार्डबाट गरेको प्रहार जाली चुम्दै खेल बराबरीमा ल्याउनु भयो  ।
दोस्रो हाफदेखि आक्रामक खेल पस्किएको गोल बजारले ४७ औँ मिनेटमा विदेशी बिनु अलिले निकालिदिएको क्रस पासलाई विदेशी खेलाडी यामुले गोल गरी टिमको जित सुनिश्चित गर्नुभयो । ५१ औँ मिनेटमा भुवन बस्नेतले डिबक्स भित्रबाट गरेको कडा प्रहार गोल बजारका किपर निश्चल मुक्ताङ्गले उत्कृष्ट बचाउ गर्नुभयो ।
घरेलु दर्शकको साथ पाएको साबिकको उपविजेता साइनोले थुप्रै गोल गर्ने अवसर खेर फाल्यो । ६३ औँ मिनेटमा साइनोका फुफानोले निकालिदिएको पास भुवन बस्नेतले डिबक्सभित्रबाट गरेको हेड बाहिरियो । दुई गोल दबाबमा देखिएको साइनोले ६७ र ७० औंं मिनेटमा गोल गर्ने अवसर गुमायो । बक्सभित्र निशान लिम्बुले वान भर्सेस वानको प्रहार फितलो रहँदा गोल गर्ने अवसरबाट चुक्नुभयो ।
फाइनल खेलको प्लेयर अफ म्याच उपविजेता का फोपोनो हुनुभयो । त्यसै गरी उत्कृष्ट खेलाडी गोल बजारका कुल दीप कार्की, हाईस्कोरर गोल बजारका अलमान हुनुभयो उहाँले  प्रतियोगिता भरीमा तिन गोल गर्नु भएको थियो ।
 मिल्स गोल्ड कप फुटबल ट्रस्टको आयोजनामा भएको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो । बिजात हुने खेलाडीहरूलाई कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, ट्रस्टका अध्यक्ष किशोर शाही, संयोजक किशोर सुब्बा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
चन्देश्वर सम्मानित
विराटनगरको रानीमा रहेर खेलाडीहरूको जुत्ता सिलाउँदै आउनु भएका  चन्देश्वर रामलाई सम्मान गरिएको छ । उहाँलाई नगद २५ हजार रुपैयाँसहित कदर पत्रले सम्मान गरिएको छ ।  सम्मानित भएका सुनवाले सिलाउनु भएको  जुत्ता लगाएर थुप्रे राष्ट्रिय खेलाडी हुनु भएको छ ।

Back to top button