कांग्रेसले वडा तहसम्मै प्रचार संयन्त्र तयार गर्ने

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा जनमत बनाउन वडा तहसम्म नै प्रचार संयन्त्र गठन गर्ने भएको छ।

पार्टीको केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतको अध्यक्षतामा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो। प्रदेश, जिल्ला, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय, गाउँ, नगर र वडा कार्यसमितिमा आवश्यकताअनुसार प्रचार संयन्त्रको गठन गर्ने समितिले जनाएको छ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले डा महत संयोजकत्वको समितिमा हिजो ६७ जना सदस्य मनोनयन गर्नुभएको थियो । समितिको हिजो बसेको बैठकले तत्कालै केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र (मिडिया सेन्टर) स्थापना गर्ने निर्णय पनि गरेको छ ।

Back to top button