
जनकपुरधाम । सर्लाहीमा म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भनी ठगी गर्ने एकजना पुरुष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका– ७ का ३१ वर्षीय दीपेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
विशेष सूचनाको आधारमा हिजो म्यादी प्रहरी भर्ना छनोट हुने स्थलमा ५/७ हजार रुपैयाँ लिई भर्ना गराईदिन्छु भनी हिँड्दै गरेका चौधरीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।
यसअघि सप्तरीमा म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भनी नगद ठगी गर्ने एक युवकलाई पक्राउ गरिएको थियो।