नेपाल भारतको प्रगतिबाट फाइदा लिन चाहन्छः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको प्रगतिबाट नेपालले पनि फाइदा लिन चाहेको बताएका छन् ।

नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले हासिल गरेको आर्थिक प्रगतिको प्रशंसा गर्दै नेपालले पनि आर्थिक साझेदारीमार्फत त्यसबाट फाइदा लिन चाहेको जिकिर गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले न्यानो आतिथ्यका लागि भारतीय समकक्षीलाई धन्यवाद दिनुभयो । मोदीको पहिलो भ्रमणलाई सम्झिँदै उहाँले मोदीको नेपाल भ्रमणले दुई देशको मित्रतालाई प्रगाढ बनाउन सहयोग गरेको उल्लेख गर्नुभयो ।

कोभिड महामारीसँग लड्नका लागि भारतले गरेको खोपलगायत स्वास्थ्य सामग्री सहयोगप्रति पनि देउवाले धन्यवाद दिनुभयो । ‘हामी दुईबीच दुई देशको सम्बन्धलाई अझै प्रगाढ बनाउने विषयमा छलफल भएको छ,’ देउवाले भन्नुभएको छ, ‘दुई देशका प्रतिनिधि मण्डलबीच दुई देशबीचको सहकार्यका बृहत्तर आयाममा चर्चा भएको छ ।’

यस्तै उहाँले सीमा समस्याबारे छलफल गरेको र, द्विपक्षीय संयन्त्रहरुमार्फत समाधान गर्न प्रस्ताव गरेको बताउनुभएको छ ।

Back to top button