प्रधानमन्त्री देउवाको भारत भ्रमणमा भए यी चार सम्झौतामा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दुई देशबिच चारवटा सम्झौतामा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्रीको उपस्थितिमा हैदरवाद हाउसमा आज आयोजित समारोहमा नेपाल–भारतबीच चारवटा सम्झौतामा हस्ताक्षर भएको हो।

नेपाल भारतबीच रेल्वे सम्बन्धी प्राविधिक सहयोग, अन्तर्राष्ट्रिय सोलार एलाइन्स, पेट्रोलियम पदार्थको सहज अपूर्ति र नेपाल आयाल निगम र भारतीय आयल कर्पोरेसनबीच प्राविधिक विज्ञता आदन प्रदान सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

नेपाल र भारतका सम्बन्धित मन्त्रालयका अधिकारीहरुले चार फरक–फरक सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

Back to top button