
काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ।
गोलाप्रथामार्फत २ लाख ८७ हजार ५०० जनाले १० कित्ताका दरले शेयर हात पारेका छन्।
कुल २१ लाख ११ हजार ६४९ जनाले आवेदन दिएकामा ५ हजार १ सय ३३ जनाको आवेदन रद्द भएको थियो। रितपूर्वक आवेदन दिएका २१ लाख ६ हजार ५ सय १६ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको हो।
यस्तै, ग्रीन भन्चर्सले चैत ८ गतेबाट ११ गतेसम्म सर्वसाधारणका लागि २८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गरेको हो। लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन्।