प्रधानमन्त्री देउवा बनारसमा, आजै स्वदेश फर्कने

काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज बनारस पुग्नुभएको छ । उहाँलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बनारसमा स्वागत गर्नुभएको छ ।

तीन दिने भारत भ्रमणको अन्तिम दिन बनारसका धार्मिक स्थलको अवलोकन गर्ने कार्यक्रम रहेको  छ। बनारसबाट आज अपराह्न ४ बजे दिल्ली फर्किहुने र आजै ४ः१५ बजे दिल्लीबाट काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

तीन दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवाको नेतृत्वमा ५० सदस्यीय नेपाली टोली शुक्रबार दिल्ली पुगेको थियो।

Back to top button