नयाँ वर्षमा यामाहा मोटर कम्पनीको २० लाखसम्म जित्ने अफर सार्वजनिक

काठमाडौं । आउँदो नयाँ वर्ष २०७९ लाई लक्षित गरी नेपालका लागि यामाहा मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले ‘२०७९×१००० गुणाले खुसी बढाउनुहोस्’ अफर सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत ग्राहकले यामाहाका कुनै पनि सवारीसाधन खरिद गर्दा स्योरसट २०७९×४=८ हजार ३ सय १६ देखि २०७९×१००=२ लाख ७ हजार ९ सय रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन्। त्यस्तै बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले २०७९×१०००=२० लाख ७९ हजार रुपैयाँ जित्न सक्ने एमएडब्लुले जनाएको छ।

कम्पनीका अनुसार यामाहाका बाइकरस्कुटर लिन इच्छुक ग्राहकहरू यामाहाको अधिकारिक शोरूमबाट खरिदपश्चात यस अफरमा भाग लिन पाउनेछन्। ग्राहकहरूले यामाहाको आधिकारिक वेबसाइट www.yamaha.com.np  मा यामाहाले दैनिक रूपमा खेलाउने डिजिटल ज्याकपटमा सहभागी भई उल्लेखित नगद उपहार जित्न सक्नेछन्।

यस्तै ‘ग्राहकहरूको सन्तुष्टि र खुसी नै यामाहा नेपालका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो। आफ्ना ग्राहकलाई खुसी बनाउन यामाहा नेपालले कुनै पनि कसर बाँकी नराख्ने र उपहारका नाममा यति ठूलो नगद राशी वितरण गरिएको सम्भवतः यो नेपालकै पहिलो र अहिलेसम्मकै ठूलो उपहार हो’, यामाहा नेपालका कार्यकारी निर्देशक राजु क्षेत्रीले भन्नुभयो ।

Back to top button