आहुतीको पार्टीले स्थानीय तह निर्वाचन बहिस्कार गर्ने

काठमाडौं । विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने भएको छ।

काठमाडौंमा हिजो सम्पन्न प्रथम राष्ट्रिय भेलाले ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै निर्वाचन बहिस्कारको निर्णय गरेको हो।

‘यसै संसदीय व्यवस्थाभित्रको निर्वाचनको औचित्य नरहेको निष्कर्ष पार्टीको छ’, केन्द्रीय सदस्य जागृत रायमाझीले भन्नुभयो, ‘यो संसदीय व्यवस्थाभित्रको निर्वाचन किन औचित्यहीन छ भनेर हामी भण्डाफोर अभियान सञ्चालन गर्दै छौँ।’

उहाँका अनुसार त्यस भेलाले आहुतीलाई महासचिवमा चयनसमेत गरेको छ। चैत २१ मा बस्ने केन्द्रीय समितिको पहिलो बैठकले पार्टीको सचिवालय गठनदेखि अन्य विषयमा निर्णय लिने जनाउँदै रायमाझीले केन्द्रीय कमिटीमा ४० प्रतिशत महिला प्रतिनिधित्व गराएको जानकारी दिनुभएको छ ।

Back to top button