बिषम परिस्थितीमा महिला नेतृहरुको भूमिका प्रशंसनीयः एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विषम परिस्थती उत्पन्न हुँदा महिला नेतृहरुको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।

अखिल नेपाल महिलासंघले प्रकाशन गरेको स्थानीय तहका महिला जनप्रतिनिधिको ‘चिनारी’ नामक पुस्तक बालकोटमा बिमोचन गर्दै अध्यक्ष ओलीले पुरुषमा भन्दा महिला दिदीबहिनीहरुमा पार्टीप्रति स्पष्टता देखिएको बताउनुभयो ।

उहाँले महिला दिदीबहिनीहरुले आमरुपमा पार्टीप्रतिको निष्ठा बुझेको भन्दै प्रशंसा गर्नुभयो । पार्टी छोडेर जाने जनप्रतिनिधि महिला एकाध मात्रै परेको भन्दै दिदीबहिनीहरु विचारका पक्षमा स्पष्टता देखिएको बताउनुभयो । अहिलेको आन्दोलन जोगाउन दिदीबहिनी युवा र विद्यार्थी अग्रपंक्तिमा देखिएको उहाँले बताउनुभयो ।

महिला, युवा, विद्यार्थीको सक्रियताले पार्टी बलियो बन्दै गएको भन्दै उहाँले भन्नुभयो,‘एमाले सिध्याउँछु भन्नेहरुलाई तपाईहरुले जवाफ दिनुभएको छ, यो कामको म प्रसंसा गर्न चाहन्छु ।’ चिनारीमा महिला जनप्रतिनिधिहरु बारे जानकारी मुलक बिषयहरु समेटिएको छ ।

Back to top button