
काठमाडौं । बलिउडकी चर्चित नायिका, मोडल मलाइका अरोराको हिजो दुर्घटना भएको छ। उहाँको मुम्बई–पुणे राजमार्गमा दुर्घटना भएको हो ।
पारिवारिक स्रोतका अनुसार मलाईकालाई एपोलो अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उहाँको आँखा नजिक सामान्य चोट लागेको र उहाँ अहिले चिकित्सकको निगरानीमा हुनुहुन्छ ।
भारतीय प्रहरीका अनुसार हिजो पौने पाँच बजे पुणेबाट फर्कँदा उहाँको दुर्घटना भएको थियो। दुर्घटनामा एउटा बस र दुई गाडी एक अर्कालाई टक्कर दिएका थिए।
त्यहीँको अर्को गाडीले मलाइका चढेको गाडीमा ठक्कर दिएको थियो। उहाँलाई स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका थिए।