
अस्ट्रेलियाले सातौँ पटक आइसिसी महिला एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जितेको छ । आज सम्पन्न फाइनल खेलमा साविक विजेता इग्ल्यान्डलाई ७१ रनले पराजित गर्दै अस्ट्रेलिया च्याम्पियन बनेको हो ।
यससँगै अस्ट्रेलियाले सर्वाधिक सातौँ पटक विश्वकपको उपाधि जितेको हो । न्यूजिल्यान्डको क्रिसचर्चमा भएको फाइनलमा अस्ट्रेलियाले दिएको ३ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा इङ्ग्ल्यान्ड ४३ ओभर ४ बलमा अलआउट हुँदै २ सय ८५ रनमा सीमित बन्न पुग्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५६ रनको विशाल योगफल तयार पारेको थियो ।