नेपालमा मान सम्मान नपुग्दा पार्टी ध्यवस्त बनाउने कम्युनिष्ट पनि छन्ः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान–सम्मान पुगेन भन्दै पार्टी ध्वस्त बनाउने कम्युनिष्ट पनि रहेको बताउनुभएको छ ।

काठमाडौंमा आज नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले नेपालमा तीन प्रकारका कम्युनिष्टहरू रहेको बताउनु भएको छ ।

दार्शनिक धरातल भएका र त्यसलाई व्यवहारमा अपनाउने पहिलो वर्गका कम्युनिष्ट रहेको भन्दै उहाँले भन्नुभयो,‘दोस्रो, प्रगतिशील धारका कम्युनिष्ट सैद्धान्तिक वैचारिक तहका कम्युनिस्ट हुन् । हामीकहाँ मान–सम्मान पुगेन भने पार्टी ध्वस्त पार्न तयार हुने कम्युनिष्ट पनि छन् ।’

नाफा–नोक्सानको राजनीति गर्ने पनि राजनीतिज्ञ भएको टिप्पणी गर्दै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्यमा हिँड्ने, देशलाई माया गर्ने, राष्ट्रियता जोगाउने मानिस मात्र कम्युनिस्ट हुने तर्क गर्नुभयो ।

Back to top button