
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटनको सिफारिस गर्नुभएको छ । इमरानले आफूले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताउनुभएको छ ।
राष्ट्रका नाममा सम्बोधन गर्दै इमरानले राष्ट्रपति आरिफ अल्भीसमक्ष संसद विघटनको सिफारिस गर्नुभएको हो । उहाँले देशमा नयाँ चुनावका लागि समेत आह्वान गर्नुभएको छ ।
संसदमा अविश्वासको प्रस्ताव खारेज भएपछि प्रधानमन्त्री खानले संसद भंग गर्नका लागि सिफारिस गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उहाँले लोकतान्त्रिक तरिकाले निर्वाचन हुनुपर्ने तथा पाकिस्तानी जनतालाई निर्वाचनका लागि तयारी गर्न आग्रह गर्नुभएको छ ।
अविश्वासको प्रस्तावमाथि मतदान हुनु केही घण्टा अघि विपक्षीले राष्ट्रिय सभाका सभामुख असद कैसर विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेपछि सुरी अध्यक्ष बनेका थिए । इमरनाविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावलाई उपसभामुख क्वासिम सुरीले खारेज गर्नुभएको थियो ।