दुतावासमा नेपालको नयाँ नक्सा नराखेको प्रति एमाले अध्यक्ष ओलीको आपत्ति

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिल्लीस्थित नेपाली दूतावासमा लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा नराखेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गर्नुभएको छ ।

बुद्धिजिवी परिषद्‌को १० औं महाधिवेशनको उद्घाटनसमारोह लाई सम्बोधन गर्दै उहाँले दूतवासमा चुच्चे नभइ बुच्चे नक्सा राखिएको भन्दै आपत्ति प्रकट गर्नुभएको हो । वर्तमान सरकारले यस्तो काम पटकपटक गरेको उहाँले बताउनुभयो ।

ओलीले भन्नुभयो, ‘नेपाली दूतावासमा बुच्चे नक्शा राखिएको छ । चुच्चे नक्शा हटाइएको छ, यो भन्दा लज्जाजनक कुरा के हुन्छ ?’ उहाँले कटाक्ष गर्दै भन्नुभयो, ‘प्रधानमन्त्री देउवालाई किन भारत भ्रमणमा जान लाग्नुभएको भनी सोध्दा जवाफ नदिनुको कारण त चुच्चे नक्शा हटाउन पो रहेछ ।’

प्रधानमन्त्री फर्किनुभन्दा अगाडि दिल्ली दूतावासमा हाम्रो संविधानले भनेको नक्सा, हाम्रो संसदले संविधान संशोधन गरेर राखेको नक्सा किन राखिएन ?’

सरकारले राष्ट्रियता र भौगोलिक अखण्डताविरुद्ध गतिविधि गर्दा पनि वुद्धिजीवी हात बाँधेर बसेको अध्यक्ष ओलीले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब पनि वुद्धिजीवी हात बाँधेर, चुप लागेर बस्ने कि ?’

Back to top button