
काठमाडौं । अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार आज देखि नै लागू हुने गरि यात्रुबहाक सवारीको भाडा १५ प्रतिशतसम्म बढेको हो। दुई वा सोभन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर अनुसार समायोजन गरिएको छ।
पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालितरुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था लागू गरिएको यातायात व्यवस्था विभागले जारी गरेको सूचनामा भनिएको छ।
यात्रुबाहक सवारीको १० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको १३ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको १५ प्रतिशत भाडा समायोजन गरिएको छ।
हेरौं सूचि